पूर्वराष्ट्रपति जर्ज एचडब्लु बुसको ९४ वर्षको उमेरमा निधन

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लु बुसको ९४ वर्षको उमेरमा निधन भएको छ ।

अमेरिकाको ४१ औं राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका बुसको शुक्रबार साझ निधन भएको हो । 

उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति भएका थिए । त्यसअघि उनले ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका थिए ।

गत अप्रिलमा उनलाई अस्पलातमा भर्ना गरिएको थियो । उनको रगतमा खराबी देखिएको तर लगतै डिस्र्चाज गरिएको बीबीसीले जनाएको छ । बुसको श्रीमतीको सात महिना अघि निधन भएको थियो । 

दोस्रो विश्व युद्धका भेट्रान बुस पछि राजनीतिमा आएर राष्ट्रपति बनेका हुन् । तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शीतयुद्ध अन्त्य गर्न उनको भूमिका महत्वपूर्ण छ ।

उनका छोरा जर्ज डब्लु बुस पनि अमेरिकाको ४३ औं राष्ट्रपति बनेका थिए । 

बुसका पाँच छोराछोरी र १२ जना नाति-नातिना, आठ जना पनाति-पनातिना र दुई भाइ बहिनीसँग बस्दै आएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?