काठमाडौं । क्यानडा सरकारले चिनियाँ कम्पनी हुवावेकी उपप्रमुख पक्राउ परेकोमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।
शनिवार भ्यानकभर विमानस्थलबाट हुवावेकी उपप्रमुख मेङचुलाई पक्राउ गरिएको थियो । उनलाई अमेरिकाको आग्रहमा पक्राउ गरिएको अन्तर्राष्ट्रि सञ्चारमाध्यमहरुले जनाएको छ ।
तर, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडेले मेङको पक्राउमा आफ्नो सरकारको कुनै पनि संलग्नता नरहेको बताएका हुन् ।
मेङलाई किन पक्राउ गरिएको हो भन्ने कुरा अहिलेसम्म खुलाइएको छैन । तर, उनलाई गलत काम गरेको अभियोगमा नियन्त्रण गरिएको अनुमान छ ।
उता हुवावेले पनि मेङ कुनै गलत काममा संलग्न नरहेको जानकारी दिएको छ ।
मेङलाई तत्काल रिहाइ गर्नसमेत चीन सरकारले माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया