इरानका राष्ट्रपति हसनले भने, ‘अमेरिकी प्रतिबन्धहरू आर्थिक आतङ्कवाद हो’

तेहरान । अमेरिकाले इरानविरुद्ध लगाएको प्रतिबन्धहरु ‘आर्थिक आतंकवाद’ भएको इरान सरकारले बताएका छन् ।

शनिवार इरानको भ्रमणमा रहेका राष्ट्रपति हसन रौहानले अमेरिकाले इरानविरुद्ध लगाएको प्रतिवन्धहरू ‘आर्थिक आतङ्कवाद’ भएको बताएका हुन् । 

उनले भ्रमणका क्रममा क्षेत्रीय अधिकारीहरुसँग कुरा गर्दै इस्लामिक राष्ट्रहरुको संयुक्त मोर्चा बनाई इस्लाम धर्म भएकै कारण दबावमा परेका अरब राष्ट्रहरुको उन्नति क्षेत्रीय एकताबाट मात्र सम्भव भएको बताए । 

“अमेरिकाको पक्षपाती तथा गैर–कानूनी प्रतिबन्ध आफ्नो सम्मानित राष्ट्रको प्रगतिलाई लक्षित गरी आएको आर्थिक नाकावन्दी भएको हो,” उनले बताए । 

अफगानिस्तान, चीन, पाकिस्तान, रूस र टर्कीका उच्च अधिकारी सम्मेलनमा सहभागी रहेका छन् । 

आर्थिक आतङ्कवाद इरानको अर्थतन्त्रमा सङ्कट उत्पन्न गर्न र यसबाट अन्य मुलुकहरूमा लगानी भित्रिनबाट रोक्नलाई तर्साउने अमेरिकी ट्रम्प प्रशासनले रचेको चालवाजी भएको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?