नोवल शान्ति पुरस्कारकी विजेता नादिया मुराद अविश्वसनीय बहादुर र अपरिहार्य क्रूरताको प्रतिक हुन् ।
नादिया मुराद यजिदी महिला हुन् र उनी इस्लामिक स्टेटका लडाकुहरूले उनलाई अपहरण गरे, बलात्कृत भइन् र यौन दासको रुपमा आफ्नो जीवन बिताइन् । तर, आज उनी संसारको हजारौँ महिलाहरुको हिम्मत र प्रेरणा बनेकी छिन् ।
मुराद यौनिता र शारिरीक क्षमताको आधारमा कयौँ पटक किनिएकी र बेचिएकी थिइन् ।
उनी सन् २०१४ मा आईएसआईएस प्रभावित क्षेत्र उत्तरी इराकको कोचोस्थित आफ्नै घरबाट अन्य याजिदी महिलाहरुसँगै अपहरणमा परिन् । भाग्न सफल पनि भइन् र त्यसपछि उनले मावव तस्करीको अन्त्य गर्न र युद्धको हतियारको रुपमा बलात्कारलाई लिन नपाइने आधार निर्धारन गर्नलाई विश्वलाई गुहार मागिरहेकी छिन् ।
यजिदीहरूको स्वत्रन्त्रताका लागि मुक्तिका लागि र मानव तस्करी रोक्न अभियान चलाइरहेकी छिन् ।
उनीहरूलाई यजिदी र अन्य धार्मिक अल्पसङ्ख्यकविरुद्धको लडाइँमा हतियारका रूपमा प्रयोग गरिएको थियो । मुराद २३ वर्षको उमेरमा सन् २०१६ मा मानव तस्करीबाट जोगिएका व्यक्तिको आत्मसम्मानका लागि संयुक्त राष्ट्रसङ्घकी सद्भावना दूत बनिन् ।
आईएसआईएस जिहादीले गाउँका पुरुषको हत्या र महिलालाई यौन हिंसा गर्ने क्रममा मुराद पनि त्यसै घटनाको शिकार बनेकी थिइन् । यस क्रममा उनको परिवार पनि क्षतबिक्षत बनेको थियो ।
सन् १०१६ मा यूएनको प्रतिष्ठित मानिने ‘साखारोभ मानवअधिकार पुरस्कार’ विजेता बनिन् । त्यही वर्ष उनले यूएनको अर्को पुरस्कार, ‘भेस्लेभ हाभेल ह्यूमन राइट्स प्राइज’ समेत पाइन् । मुरादले यौन हिंसासँगै युद्धका कारण निकै ठूलो पारिवारिक बज्रपात बोहेर्नुपरेको थियो । यस क्रममा उनले आफ्ना ६ जना दाजुभाइ र आमालाई गुमाउनु परेको थियो ।
२५ वर्षीया मुराद नोवल पुरस्कार पाउने अहिलेसम्म दोस्रो कान्छी विजेता हुन् ।
के भएको थियो यजिदीका महिलाहरुलाई ?
स्लामिक स्टेटका लडाकूहरुले यजिदी महिला तथा साने केटिहरुलाई लाडाई विषेश गरी प्रयोग गर्ने गरेका छन् । ति मध्य ७ हजार जना लाई दास भएका छन्, ३ हजार घर फर्किय, १ हजार पुनस्र्थापित भए र ३ हजार अझै हराईरहेका छन् ।
यजिदीका बजारहरुमा अहिले पनि त्यस्ता व्यक्तिहरु छन् जो हरेक समय यजिदीका केटिहरुको खरिदको बिषयका कुरा गरिरहेका हुन्छन् । सामाजिक सञ्जालको मार्फत पनि महिलाहरुको खरिद तथा बिक्रि हुने गरेको छ । कतिलाई त किन्न बाध्य पनि बनाइन्छ ।
महिलाहरुलाई दास बन्छन् । कोहि भाग्न सफल हुन्छन् कोहि आफै मर्छन् भने कसैको हत्या हुन्छ ।
……………….
विगतका चार वर्ष नादिया मुरादका लागि निकै कठिन थियो । आफनो कथाहरु हरेक व्यक्तिलाई भन्नु भन्दा उनले आफ्नो जीवनको कथा, भोगाइई, दुःखहरु समेटेर किताव प्रकाशन गरिन् । आफ्नो पढाईमा धयान दिने र अरु केटिहरु सरह भएर बाँच्ने निर्णय गर्दा उनमा विषेश जिम्मेवारी थपिएको छ । मुरादको बु
झाईमा नोवल शान्ति पुरस्कार सबै व्यक्तिहरुको लागि हो जसले संसारको शान्ति स्थापनाको लागि काम गर्दौ आएका छन् । उनलाई लाग्छ कि यो उनको जीवनको सबैभन्दा महत्तवपूर्ण जिम्मेवारी पनि हो ।
भन्छिन्, “मलाई विश्वास गर्नुहोस् । मैले मेरो परिवार, मेरो भविषय, मरो सम्मान गुमाएको छु । मेरो शरीरमा अब कुनै पनि शक्तिहरु बाँकि छैनन् ।”
मुराद आफैँ पनि एक पीडित भएकाले उनी महिलाको रोदनलाई महशुस गर्ने गरेकी छिन् । उनी भन्छिन्, “धेरै महिलाहरु अझै पनि अन्यायमै छन् ।”
उनी चहान्छिन् हरेक महिलाहरुले न्याय पाउँन् । मानिसहरुले महिलाहरुको आवाज सुनुन् र स्विकारुन् । महिलाहरु स्वत्रन्त्र भएर बोल्न पाउँन् ।
“जब म माथि सबै घटनाहरु घटे मलाई यो लाग्यो कि महिला हुनु ठूलो दुख हो ।” भन्छिन्, “म यदि पुरुष थिए भने म एउटा गोलिमा सबैलाई मार्न सक्थे । तर म महिला भएको कारण म बलात्कृत भए ।”
महिला हिंसा बिरुद्ध छिटैनै अनुसन्धानहरु हुन् भन्ने उनको आशा हो । अपराध गर्ने सबैलाई नभएपनि केहिलाई मात्र भए पनि उनी अदालतमा हेर्न चाहान्छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया