एजेन्सी । सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताहरु आफ्नो फेसबुक लगायत टुइटर, इन्सटाग्रमा, वट्स एप आदि ‘ह्याक’ भएको गुनासो गर्ने क्रम बढ्दो छ ।
पछिल्लो समय धेरैले सामाजिक सञ्जालमा फेसबुक ह्याकिंग भएको भन्दै समस्या तेर्साउने गरेको पाइन्छ ।
केही समय अगाडीमात्र पनि ह्याकरहरुले ‘भ्यू एज’ फिचरबाट हमला गरेका समाचार प्रकाशन भएका थिए ।
त्यस्तै, अहिले फेसबुक प्रयोगकर्ताको डाटा चोरी हुने क्रम बढ्दै गएको छ । त्यही चोरी रोक्न फेसबुक कम्पनीले करिब २ सय एप्सहरू बन्द गर्ने घोषणा गरिसकेको छ ।
साइबर सेक्योरिटीेको एक अध्ययन अनुसार २०१८ मा सर्वाधिक कमजोर पासवर्डहरु ‘ह्याक भएका छन् ।
‘१२३४५६’ सबै भन्दा कमजोर पासवर्डको सूचीमा रहेको छ । साथै दोस्रो स्थानमा 'Password' शब्द नै कमजोर रहेको विज्ञहरु बताउँछन् । फेसबुक प्रयोग कर्ताहरुले आफूलाई सम्झन सजिलो होस् भनेर सो पासवर्ड राख्दै आएको पुष्टि भएको समेत उनीहरुले गरेका छन् । तर, पाँच वर्षसम्मको सेक्योरिटी विज्ञहरुले अध्ययन र अनुसन्धानले ति पासवर्डहरुलाई लगातार कमजोर भएको निष्र्कष निकालेको छ ।
सेक्योरिटी विज्ञहरुले इन्टरनेट प्रयोगकर्तालाई आफ्नो पासवर्डको सुरक्षाका लागि पटक–पटक आह्वान गरेपनि विश्वका लाखौँ मानिसहरुले आफ्नो इमेल, स्मार्टफोन, ल्यापटप, कम्युटर तथा अन्य डिभाइसमा आफ्नो अकाउन्ट सुरक्षित राख्न र सम्झन सजिलो होस् भन्नका लागि यस्ता सजिला पासवर्ड राख्ने गरेको पाइएको छ ।
विश्वभरका करिब ५ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकले जनाएको छ ।
सन् २०१८ को सबैभन्दा कमजोर २५ वटा पासवर्ड यी हुन् :
- 123456
- Password
- 123456789
- 12345678
- 12345
- 111111
- 1234567
- sunshine
- QWERTY
- iloveyou
- princess
- admin
- welcome
- 666666
- abc123
- Football
- 123123
- 654321
- !@#$%6^&*
- Charlie
- aa123456
- Donald
- password1
- querty123
साथै, सेक्योरिटी विज्ञहरुले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई फरक–फरक एपमा फरक–फरक पासवर्ड राख्न सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया