संयुक्तराष्ट्रसंघ । कंगोमा एक हप्ता ढिलागरी हुन लागेको आम निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा हुने विश्वास संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले व्यक्त गरेको छ ।
परिषद्को शनिबार बसेको बैठकले एक हप्ता ढिला हुन लागेको भएपनि त्यो निर्वाचन स्वतन्त्रपूर्वक हुने र कङ्गोली जनताले निष्पक्ष रुपमा हुने निर्वाचनमा भाग लिन पाउने धारणा राखेको बताइएको छ ।
कङ्गोमा गत बिहीवार यहाँको संसद, राष्ट्रपति र प्रान्तीय निर्वाचन हुन लागेको थियो । तर, सरकारले भने यहाँको निर्वाचन आयोगको स्टोरमा अगलागी भएर निर्वाचनसँग सम्बन्धित सामग्रीहरु नष्ट भएको भन्दै निर्वाचन यही डिसेम्बर ३० का लागि सारेको हो ।
निर्वाचन आयोगले अन्तिम समयमा आएर गरेको घोषणाप्रति आफ्नो विश्वास रहेको राष्ट्रसंघले जनाएको छ । तर। सो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुन सकोस् र सबै जना कङ्गोली मतदाताहरुले भयरहित रुपमा मतदान गर्न पाउन् भनी कामना पनि गरेको समाचारमा जनाइएको छ ।
उक्त परिषदले कंगोका नागरिकलाई शान्तिपूर्ण र सौहार्द वातावरणमा निर्वाचनको तयारीमा जुट्न पनि सबैलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया