एजेन्सी । श्रीलङ्काको उत्तरी क्षेत्रमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी धेरै जनधनको क्षति भएको छ ।
श्रीलङ्कामा आएको बाढीका कारण बुधबारसम्म दुई जनाको मृत्यु भएको छ भने ८६ हजार जना प्रभावित भएको श्रीलङ्काको प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ ।
प्रभावित मध्ये ११ हजार जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ भने अरुलाई पनि खोजी तथा उद्धार गरिएको अधिकारीहरूको जनाएका छन् ।
सोमबार बर्षा रोकिएपछि मौसमी अवस्था सामान्य भएको छ । तर स्थानीयबासिन्दा भने फेरि बर्षा हुनसक्ने र बाढी आउने त्रासका कारण उत्तर क्षेत्रमा बस्न मानेका छैनन् ।
राष्ट्रपति मैत्रीपाला सिरिसेनाले घरमा क्षती भएकाहरूलाई घर बनाउनका लागि राहत स्वरूप १४ सय अमेरिकी डलर उपलब्ध गराउन निर्देशन दिएको श्रीलङ्काका स्थानिय सञ्चार माध्यमहले जनाएका छन् ।
त्यसैगरी अन्य प्रभावितहरू र मृतकका परिवारलाई पनि राहतको व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया