अफगानिस्तानमा अमेरिकी सेनाले तालिवान विरुद्ध लडाई गर्दौ आएका छन् । त्यसैले पनि, पछिल्लो समय अमेरिकी सरकार अफगानिस्तानमा भएका आफ्नो सेनाहरुलाई स्वदेश फिर्ता बोलाउने योजनामा छन् ।
अफगानिस्तानमा भएका अमेरिकी उग्रवादी संगठनहरु भने तालिवानलाई सहयोग गर्दौ आएका छन् ।
अमेरिकाको नेतृत्वमा भएको वाली गठबन्धनका सेनाहरुले तालिवानमा सन् २००१ मा अफगानिस्तानको सत्ताबाट बाहिर गरिदिएका थिए ।
यसबाहेक पनि अहिले तालिवानसँग लगभग ६० हजार जना सेनाहरु रहेको अधिकारीहरु बताउँछन् । यतिमात्र होइन, गएको १७ वर्षको अवधिमा अफगानिस्तानमा तालिवानको नियन्त्रण बढ्दै गएको छ ।
अफगानिस्तान सरकार र तालिवानबीचको दुरीहरुमा पनि कुनै सुधार हुन सकेको छैन् ।
साथै, अफगानिस्तानमा धेरै लाडाई र हवाई आक्रमण हुने गरेको छ । यस्ता अभियानहरूलाई कार्यान्वयन गर्न धेरै आर्थिक सहयोग चाहिन्छ । यो अवस्थामा प्रश्न उठ्छ कि तालिवानलाई आर्थिक रुपमा सहयोग कसले गर्छ ।
कति सम्पन्न छ तालिवान?
तालिवानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गरेका थिए। त्यतिबेला अफगानिस्तामा सिरिया कानून लागू भयो ।
यस संगठनसँग सम्बन्धित आम्दानीको श्रोत के हो भन्न सक्ने अवस्था छैन । किनभने यो संगठनले आजको दिनसम्म आफ्नो खातासँग सम्बन्धित कुनै पनि आधिकारिक विवरणहरु सार्वजनिक गरेका छैनन् ।
तर,बीबीसीले अफगानिस्तान भित्र र बाहिर रहेका मानिसहरुसँग साक्षात्कार गरेको छ, जसको आधारमा यो पत्ता लागेको छ कि तालिवानले धेरै जटिल आर्थिक प्रणाली चलाउँछ र उग्रवादी अभियानहरुलाई निरन्तरता दिनको लागि धेरै ठाँउहरुबाट कर उठाउँदै आएको छ ।
सन् २०११ मा यो संगठनको वार्षिक आम्दानी लगभग २८ अर्ब रुपैयाँ थियो । साथै, यो पनि अनुमान गरिएको छ कि अब यो अंक बढेर १०५.०७९ अर्ब रुपैयाँ पुगेको छ ।
अफगानिस्तान र अमेरिकी सरकारले तालिवानको सञ्जालहरुमा शासन गर्न खोजिरहेका छन् । केही समयअघि, अमेरिकी सरकारले लागूऔषधीनिर्माण गर्ने प्रयोगशालाहरुमा बम विस्फोट गर्ने रणनीति बनाएको थियो ।
तर, तालिवानको आम्दानी केवल लागू औषध व्यवसायबाट मात्र हुने गरेको छैन ।
सयुक्त राष्ट्रसंघले सन् २०१२मा बम विस्फोटको धारणा विरुद्ध चेतावनी दिएको थियो, जसको कारण यो विश्वास गरिएको थियो कि अफगानिस्तानमा तालिवानका लागि आम्दानीको मुख्य स्रोत अफीम खेती हो ।
अफीम, कालो धन, र कार सङ्कलन
विश्वमा सबैभन्दा धेरै अफीम उत्पादन गर्ने देश अफगानिस्तान हो । यहाँ हरेक वर्ष जति अफीम उत्पादन हुन्छ त्यति नै निर्यात गर्ने हो भने देशलाई १०५ देखि २१० अर्बको आर्थिक फाईदा हुन जान्छ ।
अफीमको खेती आर्थिक रुपमा धेरै ठूलो व्यापार हो । विश्वमै हिरोइनको धेरै आपूर्ति पनि अफगानिस्तानबाटै हुने गरेको छ ।
अफगानिस्तानको अफीमको खेती भएको क्षेत्रको एउटा सानो टुक्रामा सरकारको पनि नियन्त्रण रहेको छ । तर,अफीमको खेती भएका प्रायः सबै क्षेत्रमा तालिवानहरुले आफ्नो अड्डा जमाएका छन् ।
अफीमको खेतीलाई तालिवानको आम्दानीको एउटा मुख्य स्रोत मानिदैँ आएको छ ।
तर,तालिवानले अफीमको व्यापारमा पनि विभिन्न स्तरमा कर लगाउँदै आएको छ । अफीम खेती गर्ने किसानहरुसँग १० प्रतिशत उत्पादनको कर लिदै आएको छ ।
यस बाहेक अफीमलाई हिरोइनमा परिर्वतनगर्ने प्रयोगशालामा पनि कर लगाउँदै आएका छन् । यतिमात्र होइन्, तालिवानहरुको गैरकानूनी अफीम व्यापार गर्ने व्यापारीहरुसँग समेत कर लिने गरेका छन् ।
यसरी हरेकवर्ष तालिवानको आम्दानी लगभग७ अर्ब रुपैयाँदेखि २८ अर्ब रुपैयाँको बीचमा हुने गरेको छ ।
प्रयोगशालामा बम आक्रमण
ट्रम्प प्रशासनको आक्रामक रवैयाका कारण, अमेरिकी सेनाले नयाँ रणनीति अन्तर्गत तालिवानको आम्दानीको स्रोतहरु नष्ट गर्नको लागि ति प्रयोगशालाहरुमा बम आक्रमण गर्न शुरु गरे जहाँ अफीमलाई हिरोइनमा परिवर्तन गरिन्थ्यो ।
अमेरिकी सेनाका अनुसार तालिवानको ६० प्रतिशत आम्दानीले लागू ओषधको कारोवारबाट हुने गरेको छ ।
सन् २०१८ को अगस्त महिनामा अमेरिकाले दावी गरेको थियो कि अफगानिस्तानमा भएका ४ सयदेखि ५ सय प्रयोगशालाहरू नष्ट भएका छन् ।
योसँगै हवाई आक्रमणमा तालिवानको अफीमको व्यापारबाट हुने कुलकमाइको एक चौथाइ हिस्सा नष्ट गरेको अमेरिकाले दाबी गरेको थियो ।
तर, यो हवाई आक्रमणको दीर्घकालीन प्रभाव कस्तो भयो भन्ने निष्र्कषमा पुग्न भने अझै बाँकी छ ।
यद्यपि यदि तालिवानका प्रयोगशालाहरु ध्वस्त भएता पनि उनीहरुलाई नयाँ प्रयोगशाला बनाउँन बढी समय र खर्च लाग्दैन ।
तालिवान सामान्यतया लागू औषधी व्यवसाय आफ्नो संलग्नता भएको खण्डन गर्दै आएको छ । यतीमात्र होइन्, आफ्नो शासनकालमा अफीम खेतीमाप ्रतिबन्ध गरेको दाबी पनि उसको स्थिर छ ।
आम्दानीको अर्को स्रोत के ?
तालिवान अफीमको खेतिबाहेक पनि अर्को स्रोतबाट पनि कमाई गर्दै आएको छ ।
सन् २०१८ मा बीबीसीमा प्रकाशितभएको एउटा अनुसन्धनात्मक स्टोरीले यो पत्तालगाएको छ कि अफगानिस्तानको ७० फीसदी क्षेत्रमा तालिवानको सक्रियता छ ।
यस क्षेत्रमा बसोबास गर्ने मानिसहरुसँग तालिवानले कर उठाउँदै आएका छन् ।
तालिवान आर्थिक आयोगले यस वर्ष विज्ञप्ती जारी गर्दौ अफगानि व्यापारीलाई चेतावनीसमेत दिएको छन् ।
तालिवानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनीहरुले तालिवानले नियन्त्रण गरेको क्षेत्रहरुमा आफ्नो सामानहरु लैजानको लागी कर तिर्नु पर्नेछ ।’
यसबाहेक उनीहरुले दूरसञ्चार र मोबाइलफोन अपरेटरहरूबाट पनि कर उठाउँदै आएका छन् ।
अफगानिस्तानको एउटा विद्युतप्रधिकरणको प्रमुखले बीबीसीलाई जानकारी दिएअनुसार हरेक वर्ष विजुली व्यापारबाट तालिवानले १४ करोड रुपैयाँ आम्दानी गर्दै आएको छ ।
जब तालिवानले सैन्य चेकपट्टी वा शहरी क्षेत्रमा आक्रमण गर्छ, यसको सीधा लाभ तालिवानलाई नै हुने गरेको छ । यस्ता अभियानहरूमा, उनीहरूले हतियार, कार र सैन्य सवारी साधन सहितको सरकारी सुरक्षा पाउँछन् ।
अफगानिस्तानको खनिज सम्पदा
अफगानिस्तान खनिज सम्पदाहरुमा पनि अरु देशभन्दा धेरै अगाडि छ । तर धेरै द्वन्द्वका कारण खनिज सम्पदाहरु पुनः गाडिएका छैनन् ।
अफगानिस्तानमा खनिज उद्योगहरुमामात्र कम्तीमा ७० अर्ब रुपैयाँ लगानी भएको छ । तर, धेरै उत्खनन् गैरकानूनी ढंगमा भइरहेको छ । तालिवानले यी उत्खनन् क्षेत्रहरू नियन्त्रण गरेर कानूनी र गैरकानूनी उत्खनन् गर्नेहरुसँग पनि कर संकलन गर्न शुरु गरिसकेको छ ।
यूएनको एउटा रिर्पोटका अनुसार तालिवानले दक्षिणको हेलमण्ड प्रदेशमा सक्रिय २५ देखि २० उत्खनन् कम्पनीहरुबाट हरेक वर्ष ७० करोड रुपैयाँ करको रुपामा संकलन गर्ने गरेको छ । पूर्वी नागरहार प्रदेशको गवर्नरले बीबीसीलाई भनेका थिए, नागरहारबाट हुने कमाइको आधा भाग तालिवानले लिने गरेका छन्, कि इस्लामिक राज्यमा ।
तालिवानहरुले नागरहारबाट बाहिरीने हरेक ट्रकबाट ३५ हजार रुपैयाँ लिन्छन् । र यस क्षेत्रबाट बाहिरीने ट्रकहरूको संख्या दैनिक सयौं हुन्छ । स्थानीय व्यापारी र सरकारी अधिकारीहरूको अनुसार, तालिवानले आम्दानी पूरै देशको उत्खनन् क्षेत्रबाट मात्रै ३ सय ५० करोड रुपैयाँ हुन्छ ।
विदेशी लगानी
धेरै अफगानि र अमेरिकी अधिकारीहरुका अनुसार पाकिस्तान, इरान र रुस सहित धेरै सरकारहरु अफगानि तालिवानहरुलाई आर्थिक सहयोग दिन्छन् । तर,यी देशहरूले यो खबर गलत भएको बताउँछन् ।
खाडि मुलुक जस्तै, साउदी अरब, यूएई, पाकिस्तान र कतारमा बस्ने धेरै मानिसहरुले पनि व्यक्तिगत रुपमा तालिवानलाई आर्थिक सहयोग गर्दै आएका छन् ।
तद्यापि, यो तालिवानको आम्दानी सटीक रूपमा समीक्षा गर्न भने सम्भव छैन । तर विशेषज्ञहरुका अनुसार तालिवानको वार्षिक आम्दानी ३५ अर्ब रुपैयाँ सम्म हुने गरेको छ । बीबीसी हिन्दीबाट अनुदित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया