काठमाडौं । कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने भएको छ । कोशी प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन बुधबार राती अन्त्य गर्दै अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो ।
आजै अध्यादेशबाट बजेट आउने कोशी प्रदेश सरकारले जनाएको छ । बुधबार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेका थिए ।
कोशीमा वर्तमान सरकार अल्पमतमा रहेका कारण नीति तथा कार्यक्रम पास नहुने देखेपछि बुधबार प्रदेश मन्त्रिपरिषद्को बैठकले चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।
सरकारले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् ।
नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया