काठमाडौं । उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारमा थप एक जना राज्यमन्त्री नियुुक्त भएका छन् ।
मुख्यमन्त्री थापाले नेपाली कांग्रेसबाट गयानन्द मण्डललाई उद्योग कृषि तथा सहकारी राज्यमन्त्री थप गरेका छन् ।
थापाले यसअघि नै ४ जना मन्त्रीहरु नियुुक्त गरिसकेका छन् । जसमा उनको दल नेपाली कांग्रेसबाट खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रीमा प्रदीपकुुमार सुुनुुवार, माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बाबुुराम गौतम, एकीकृत समाजवादीबाट भोतिक पूर्वाधार विकास मन्त्रीमा कमलप्रसाद जबेगुु र स्वास्थ्यमन्त्रीमा जसपाबाट निर्मला लिम्बुु रहेका छन् ।
नवनियुुक्त राज्यमन्त्री मण्डलले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख परशुुराम खापुुङले उनलाई राज्यमन्त्रीको शपथग्रहण गराएका हुन् ।
थापा गत साउन १७ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया