काठमाडौं । लुम्बिनी प्रदेश नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान सकिएको ।
वुटवलमा जारी एमाले लुम्बिनीको पहिलो अधिवेशनमा कुल ९ सय ६५ मत खसेको छ ।
बिहान पौने ९ बजेबाट शुरु भएको मतदान केही बेरअघि सकिँदा जम्मा १ हजार ५ मतदाता रहेकोमा ९६५ मत खसेको हो ।
प्रदेशको नेतृत्वका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा रहेका छन् ।
पदाधिकारी र सदस्यसहित २०५ को प्रदेश कमिटीका लागि ३६४ जना प्रतिस्पर्धामा उत्रेका थिए ।
मतदान प्रक्रिया सकिएसँगै मुचुल्का उठाउने र मतगणनाको काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया