काठमाडौं । आठौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश २ बाट पुरुष फुटबल टोली छनोट भएको छ ।
२० सदस्यीय टोली चयन गरिएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
सर्लाहीका अरुण ब्लोन, महोत्तरीका सागर सुस्लिङ, पर्साका सुनिल राउत कुर्मी, सर्लाहीका रामहरि पौडेल, महोत्तरीका अम्बरबहादुर स्याङ्बो र सन्तोष राई, सिरहाका अनिल माझी, सप्तरीका सुशीलकुमार यादव, धनुषाका सद्दम मंसुर, पर्साका कृष्ण शाक्य, महोत्तरीका निरबहादुर आले र खड्गबहादुर बलमपाकी, सिरहाका राकेश सिंह, सप्तरीका उज्ज्वलसिंह सेवा, रौतहटका रोशन पहरी, बाराका कृष्णकान्त चौधरी, सर्लाहीका रितिककुमार खड्का, महोत्तरीका गंगाबहादुर आले, सप्तरीका देवानन्द चौधरी र धनुषाका टंकबहादुर सिङतान टोलीमा समावेश छन् ।
त्यस्तै प्रदेश २ बाट ५ पुरुष र ३ महिला गरी ८ बुद्धिचाल खेलाडी छनोट भएका छन् । पुरुषमा सर्लाहीका कमल श्रेष्ठ, बाराका विवेक श्रेष्ठ, धनुषाका सुशील चौधरी, बाराका रमेशप्रसाद चौधरी र सप्तरीका सिंगेश्वर दास रहेका छन् । महिलामा रौतहटकी विशेखा जैसवाल, पर्साकी समिक्षा पन्त र सिरहाकी सन्जिता महतो छन् ।
यता प्रदेश ३ बाट सहभागी हुने पुरुष÷महिला टोली छनोट भएका छन् । समान १२–१२ पुरुष÷महिला टोली छनोट गरिएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।
पुरुषमा मनोज नापित, रवि सैंजु, अजय मानन्धर, राजेन्द्र तामाङ, सविन वोहजु, विनय गोसाईं, रोहन तजले, सुरज अधिकारी, आशिष थिङ, मानसिंह गुरुङ, कुँवेर कार्की र प्रज्ज्वल श्रेष्ठ रहेका छन् ।
महिलामा रविता दुवाल, पूजा दुवाल, रोशनी दुवाल, इशुदा गिरी, रोजिना खायमली, सृजली कोजु, संगीता सुनुवार, सुस्मा मगर, सुस्मिता गुरुङ, कोपिला कार्की, भावना मगर र बविता पकुवाल छन् ।
त्यस्तै प्रदेश ७ बाट सहभागी हुने भारोत्तोलन खेलाडीको टुंगो लागेको छ । धनगढीमा भएको प्रतिस्पर्धाबाट १० पुरुष र ६ महिला गरी १६ खेलाडी छनोट भएका छन् ।
पुरुष ५५ केजीमा कैलालीका रविलाल चौधरी र कञ्चनपुरका अशोकसिंह भण्डारी, ६१ केजीमा कैलालीका नारद चौधरी, ६७ केजीमा कञ्चनपुरका कोमल जोशी र कैलालीका श्रवणकुमार शर्मा, ७३ केजीमा कञ्चनपुरका दिपेन्द्र भण्डारी, ८१ केजीमा कञ्चनपुरका विकास भट्ट, ८९ केजीमा कैलालीका सुजनसिंह आउजी, ९६ केजीमा कञ्चनपुरका विशालसिंह विष्ट तथा १०९ केजीमाथि कञ्चनपुरका सागर भण्डारी छनोट भए ।
महिला ४९ केजीमा सविना चौधरी र जानकी चौधरी, ५५ केजीमा प्रभा चौधरी, ६१ केजीमा सोनम चौधरी, ८१ केजीमा ज्योति चौधरी तथा ७६ केजीमा चम्पा ठकुल्ला छनोट भए । चम्पा कञ्चनपुर तथा बाँकी सबै कैलालीका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया