एमाले लुम्बिनीको अध्यक्षमा कँडेल

लोकपथ
168
Shares

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् ।

मंगलबार बुटवलमा भएको निर्वाचनबाट कँडेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, सचिवमा लक्ष्मण आचार्य, उपसचिवमा पूर्ण बुढामगर र लिला रानामगर निर्वाचित भएका छन् ।

प्रदेशको नेतृत्वका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा रहेका थिए। पदाधिकारी र सदस्यसहित २०५ को प्रदेश कमिटीका लागि ३६४ जना प्रतिस्पर्धामा उत्रेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?