काठमाडौं । पाकिस्तानी जनताले भारतको झण्डा जलाएका छन् । भारतले नियन्त्रण रेखा पार गरेर पाकिस्तानको भूमिमा आक्रमण गरेको थियो । भारतले आफ्नो भूमिमा आक्रमण गरेपछि आक्रोशित पाकिस्तानी जनताले भारतको झण्डा जलाएका हुन् ।
भारतले पाकिस्तानको बालाकोट क्षेत्रमा हवाई अक्रमण गरेपछि दुई देशबीच तनाव सिर्जना भएको छ । नियन्त्रण रेखा पार गरेर आक्रमण गरेको आरोप दुवै देशले एकअर्कालाई लगाइरहेका छन् ।
उता भारतले आफ्ना लडाकु विमानले पाकिस्तानको भूमिमा प्रवेश गरेर आतंकवादी संगठन जैश ए मोहम्मदको मुख्यालय ध्वस्त पारेको बताएका छन भने केही कमाण्डरहरु समेत मारिएको दाबी भारतले गरेको छ । तर, भारतले यसलाई मनगढन्ते कहानी बनाएको भन्दै पाकिस्तामा कुनै भौतिक र मानवीय क्षति नभएको दाबी गरेको छ ।
भारतले आक्रमण गरेको ठाउँको फोटो सार्वजनिक गर्दै पाकिस्तानले भने, ‘भारतले पाकिस्तानको सम्प्रभुताको उल्लंघन गरेको छ ।’
पाकिस्तानले सार्वजनिक गरेको फोटोमा जंगल क्षेत्र देखिएको छ । त्यहाँ केही सल्लाका रुखहरु ढलेको देख्छि । पाकिस्तानी सेनाको भनाइअनुसार भारतीय वायु सेनाका विमान पाकिस्तानको भूमिमा प्रवेश गरेका थिए र पाकिस्तानी सेनाले लखेट्दा हडबडाएर केही बम खसेका थिए । तर, भारतीय सञ्चारमाध्यमहरुले भने पाकिस्तानमाथि भारतले धावा बोलेको बताएको छ ।
यसैगरी पाकिस्तानले भनेको छ, ‘भारतको तर्फबाट भएको यो आक्रमणको जवाफ पाकिस्तानले सही समय र सही स्थानमा दिनेछ ।’
उता पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया