एजेन्सी । पाकिस्तानी सेनाले भारतीय वायुसेनाको दुई विमान खसालेको दाबी गरेको छ ।
नियन्त्रण रेखा (एलओसी) पार गरेर पाकिस्तानी भूभागमा आएको भारतीय वायुसेनाको दुई विमान खासालेको पाकिस्तानी सेनाले दाबी गरेको हो । साथै पाकिस्तानले एक पाइलट पनि पक्राउ गरेको जनाएको छ ।
यद्यपि यसबारे स्वतन्त्र पुष्टि भने भएको छैन ।
मंगलवार भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा आक्रमण गरेपछि दुई देशबीच तनाव सिर्जना भएको छ ।
त्यसको भोलिपल्ट आज (बुधवार) पाकिस्तानी सेनाले भारतीय वायुसेनाको विमान खसालेको दाबी गरेको हो ।
पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले भने ‘आफ्नो वायूसेनाले सिमा क्षेत्र (एलओसी) पार गरेर दुई भारतीय विमान खसालेको हो, एक विमानका पाइलटलाई नियन्त्रणमा लिइएका छौँ ।’
उनले बुधवार ट्विटर गर्दै लेखेका छन्, ‘पाकिस्ताी एयरस्पेसभित्र दुई भारतीय विमान खसाइएको छ ।’
यसैगरी आजै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सुरक्षा परिषद्को बैठक समेत बोलाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया