मिस वल्र्ड मानुषी भन्छिन्, ‘अहिले बलिउडमा जम्ने कुनै प्लान छैन’

—सिर्जना मिश्र
एजेन्सी । मानुषी छिल्लर, सन् २०१७ की मिस वल्र्ड । धेरैले मिस वल्र्ड पछि उनी अब बलिउडमा जम्नेछिन् । तर, उनी बलिउड नगरीमा इन्ट्री नगरी आफ्नो बाँकी अध्ययनमा फर्किएकी छिन । 

केही समय अगाडि उनी बलिउडका चर्चित फिल्म निर्देशक फराह खानको फिल्म खेल्न लागेको कुरा बाहिर आएको थियो । तर, ती सबै कुरा नकार्दै छिल्लर पुनः विद्यार्थी जिवनमा फर्किएकी छिन् ।

उनले आफ्नो मेडिकल कलेजको पढाई बीचैमा छाडेर मिस इन्डिया हुँदै मिस वल्र्ड बनेकी थिइन । त्यति बेला अधुरो रहेको पढाई पुरा गर्ने भन्दै छिल्लर अहिले मुम्बईमा छिन् । उनले सोनिपतस्थित ‘बीपीएस गर्भमेन्ट मेडिकल कलेज फर वोमेन’मा एमबीबीएसको पढाई गरिरहेकी छिन् । छिल्लरले मुम्बईको एक मेडिकल कलेजमा माइग्रेसन समेत लिएकी छिन् ।

 

भारतिय सञ्चारमाध्यमका अनुसार छिल्लरको बुवाको ट्रान्सफर भएकाले उनी पनि आफ्नो परिवारका साथ मुम्बई आएको जनाइएको छ । सन् १९९७ मे १४ तारिखमा जन्मिएकी छिल्लरका बुवा पनि डाक्टर हुन् ।

 डा. मित्र बासु छिल्लर रक्षा अनुसन्धान एवं बिकाश संगठन (डीआरडीओ)का बैज्ञानिक समेत हुन् । उनको आमा पनि डा. नीलम छिल्लर मानव व्यवहार र सम्बन्धि बिज्ञान संस्थान (आइएचबीऐएस)मा स्नायु रसायन विभागको अध्यक्ष हुन् ।

सामाजिक सञ्चाल इन्टाग्राममा छिल्लरको फलोअर्स ४५ मिलियन भन्दा बढी रहेको छ । उनी प्रायः जसो सबै अवार्ड कार्यक्रममा उनी देखा पर्दै आइरहेकी छिन् ।

तर, हाललाई बलिउडमा डेब्यु गर्ने कुनै कुरा नरहेको उनले बताएकी छिन् । उनले भनिन, ‘अहिले नै बलिउडमा जम्ने मेरौ कुनै तयारी छैन, पहिले बाँकी रहेको आफ्नो पढाईलाई पुरा गर्दैछु, त्यसपछि मात्र बलिउड जान पनि सक्छु ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?