बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश

एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधवार राति सम्पन्न भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-० गोल अन्तरले पराजित ग¥यो । यसअघि भएको पहिलो लेगको खेल भने एक—एक गोलको बराबरीमा सकिएको थियो ।

प्रतिस्पधात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । खेलको ५० औँ मिनेटमा बार्सिलोनाका लागि लुइस स्वारेजले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै ६९ औँ मिनेटमा म्याड्रिडका राफायल भरानेले आत्मघाती गोल गरे । ७३ औँ मिनेटमा स्वारेजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३-० को स्थितीमा पु-याए ।

निर्धारित ९० मिनेटको समयसम्म रियल म्याड्रिडले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा ३-० को हार बेहोर्यो । यो जितसँगै बार्सिलोनाले समग्रमा ४-१ गोल अन्तरलको जित निकाल्दै अघिल्लो चरणमा पुगेको हो ।

अब उपाधिका लागि बार्सिलोनाले भ्यालेन्सिया र रियल बेटिसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?