एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच दोस्रो शिखर वार्ता बुधबारदेखि शुरु भएको थियो ।
वार्ताको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलवार साँझ भियतनामको हनोइ पुगेका थिए ।
तर, अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको वार्ता विना सहमति टुंगिएको छ । दुई नेताबीच विभिन्न विषयमा छलफल भएपनि सहमति भने हुन सकेन ।
गत वर्ष सिंगापुरमा भएको पहिलो वार्ताका क्रममा भएका सहमति कार्यान्वयनको समीक्षा र परमाणु निःशस्त्रीकरणका बारेमा वार्तामा छलफल हुने भनिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया