—सिर्जना मिश्र
एजेन्सी । सामाजिक सञ्चाल फेसबुकमा भारतीय वायुसेनाको तस्वीर यतिबेला भाइरल भइरहेको छ । गत मंगलवार भारतीय एयरफोर्सका यि दुई महिला पाइलटले पाकिस्तानको सिमानाभित्र पसेर हमला गरेको आशंका गरिएको छ ।
पाकिस्तानले दिएको जानकारी अनुसार भारतीय सेनाले कारवाहीको दुई जेट बिमानबाट आक्रमण गरेको थियो । पाकिस्तानी सेनाका एक प्रवक्ताका अनुसार भारतीय विमान पाकिस्तानी क्षेत्रमा खसेको र उक्त पाइलटलाई नियन्त्रणमा लिएको जानकारी दिएका हुन् ।
लगतै भारतले पनि आफ्नो एक विमान चालक हराएको समाचार सार्वजनिक गरेको थियो । अहिले भारत र पाकिस्तानबीच हवाई आक्रमण भइरहेको छ । गत फेब्रअरी १४ तारिखदेखि शुरु भएको हवाई आक्रमणबाट सयौंको मृत्यु भइसकेको छ ।
यो सँगै भारत पाकिस्तान सिमाक्षेत्रमा तनाव श्रृजना भएको छ । भारतीय सामाजिक सञ्जालमा पाकिस्तानमा हवाई आक्रामण गर्ने यिनै दुई सैन्य महिला रहेको बताइएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएकी सैन्य महिलाको नाम अनिता शर्मा रहेको जनाइएको छ । त्यस्तै अर्का सैन्य महिला अवनी चतुर्वेदी रहेकी छिन् । उनी भारतीय वायुसेनाका फ्लाइटर एयरक्राफ्ट उडाउने पहिलो भारतीय महिला पाइलट समेत हुन् ।
उनीहरु दुवै जनाले पाकिस्तानी सिमा क्षेत्रलाई तोड्दै तीन सयको संख्यामा रहेका आतंकबादीमाथि हमाला गरेको बताइएको छ ।
सन् २०१२ मा गणतन्त्र दिवसको अवसरमा चतुर्वेदीले वायुसेनाको तर्फवाट नेतृत्व गर्दै लडाकु विमान उडाएकी थिइन् । सन् २०१५ मा गणतन्त्र दिवसमा उनैले भारतीय वायुसेना को महिलाको टोलीको नेतृत्व समेत गरेकी थिइन् ।
एजेन्सीको सहयोगमा…
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया