एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको उपाधि होडमा रहेको बार्सिलोना विजयी भएको छ ।
शनिवार राति सम्पन्न भएको २६ औँ चरणको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाले दोस्रो ‘एल क्लासिको’को खेलमा रियल म्याड्रिडलाई पराजित गरेको हो ।
यसअघि भएको कोपा डेल रे फुटबलको खेलमा भने म्याड्रिड बार्सिलोनासँग पराजित भएको थियो ।
बार्सिलोनाका लागि खेलको २६ औँ मिनेटमा इभान राकिटिकले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । खेलको पहिलो हाफसम्म एक-शुन्य गोल अन्तरको अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा भने गोल गर्न सकेन ।
यो जितपछि बार्सिलोनाले जारी लिगमा १० अंकको अग्रता लिएको छ । बार्सिलोनाले जारी लिगमा ६० अंकका साथ शिर्ष स्थानमा यथावत छ ।
त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा इस्पानियोलले रियल भाल्लाडोलिटलाई ३-१ गोल अन्तरले, हुएस्काले सेभिल्लालाई २-१ गोल अन्तरले तथा एलाभेसले भिल्लारियललाई २-१ गोल अन्तरले पराजित ग-यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया