एजेन्सी । अमेरिका र दक्षिण कोरियाले वृहत्त संयुक्त सैन्य अभ्यास नगर्ने निर्णय गरेको छ ।
दक्षिण कोरियासँग केही साना संयुक्त अभ्यास जारी रहेपनि अबका दिनमा वृहत्त संयुक्त सैन्य अभ्यास सम्झौता अमेरिकाले नगर्ने निर्णय गरेको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकाले गत जुनमा उत्तर कोरियाका नेता किम जोङ उनसँग भएको वार्तापछि नै राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका नेता मुन जे ईनले तालिकामा रहेका सैन्य अभ्यास रद्द गरेका थिए ।
अमेरिकाको रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा वृहत्त सम्झौता नगर्ने उल्लेख गरेपनि स्थायी रुपमा अभ्यास बन्द गरिएको बारे केही उल्लेख छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया