एजेन्सी । म्यान्चेस्टर सिटी जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ ।
शनिवार राति सम्पन्न भएको २९ औँ चरणको खेलमा म्यान्चेस्टर सिटीले एएफसि बर्नेमाउथलाई १-० गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।
खेलको ५५ औँ मिनेटमा रियाद महरेजले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । निर्धारित समयसम्म बर्नेमाउथले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा १-० को हार बेहोर्यो । जितपछि म्यान्चेस्टर सिटीले ७१ अंक बनाएको छ ।
यता शनिवारराति नै भएको अर्को खेलमा लिगको तेस्रो स्थगानमा रहेको टोट्नह्याम र पाँचौ स्थानमा रहेको आर्सनलबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ । त्यस्तै म्यान्चेस्टर युनाइटेडले साउथह्याम्पटनमाथि ३-२ को कठिन जित दर्ता गरेको छ ।
ब्राइटटनले हडर्सफिल्डलाई १-० गोल अन्तरले पराजित ग-यो । क्रिस्टल प्यालेसले बर्नलेलाई ३-१ गोल अन्तरले हरायो । उल्भसले कार्डिफलाई २-० गोल अन्तरले तथा वेस्टह्यामले न्युक्यासल युनाइटेडलाई २-० गोल अन्तरले पाखा लगायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया