एजेन्सी । अमेरिकी कम्पनी स्पेस एक्सले अन्तरिक्षमा मानव पर्यटक लैजान तयार पारेको विमानको परीक्षण उडान गरेको छ ।
आफ्नो पूर्वघोषणाबमोजिम अमेरिकी कम्पनी स्पेस एक्सले परीक्षण उडान गरेको हो । अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षमा मानव पर्यटक ओसार्ने कम्पनीको लक्ष्य छ । यो परीक्षण उडान मात्रै भएकाले यसमा कुनै पनि मानव थिएनन् ।
रिप्ले नाम दिइएको मानव आकृतीलाई अन्तरिक्ष यात्रीले लगाउने जस्तो पोशाक लगाइएको छ भने यसमा प्रसस्त सेन्सर जडान गरिएको छ । मानव अन्तरिक्षमा जाँदा उनीहरुले भोग्ने चापलगायत विभिन्न तथ्याङकहरु यी सेन्सरबाट संकलन गर्ने योजना छ ।
अमेरिकाको क्यालिफोर्नीयामा अवस्थित कम्पनी स्पेस एक्सका लागि छोटो अवधीमा यो ठूलो सफलता मानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया