एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई शान्तिको नोबेल सम्मान गर्न माग गरिएको छ ।
जनताले आफ्ना प्रधानमन्त्री खानलाई शान्तिको नोबेल सम्मान दिलाउनका लागि देशभरी अनलाइन ‘पिटिशन’ मा हस्ताक्षर अभियान शुरु गरेका छन् ।
यसमा अहिलेसम्म तीन लाख बढीले हस्ताक्षर संकलन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यकहरुले जनाएका छन् । उनीहरुका अनुसार इमरान खानले भारतीय पाइलटलाई रिहा गरेर छिमेकी मुलुक भारतसँगको अत्यधिक तनावलाई कम गरेर आफूलाई एक वरिष्ठ नेता प्रमाणित गरेका छन् ।
गत बिहिबार पाकिस्तानमा ह्याश ट्याग नोबेल प्राइज फर इमरान खान ट्वीटर ह्यान्डलमा ट्रेन्ड भइरहेको थियो । इमरान खानको घोषणापछि मानिसहरुले ह्याश ट्यागसहित ट्वीट गर्न सुरु गरेका थिए ।
पाकिस्तानको बालाकोटमा आतंककारी संगठनको क्याम्पमा हमला गरेपछि पाकिस्तानले भारतको एक लडाकू विमान खसालेको थियो भने पाइलटलाई पक्राउ गरेको थियो ।
इमरान खानले संसदमा भारतीय पाइलट अभिनन्दन वर्तमानको रिहाईको घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया