भेनेजुयलाका विपक्षी नेता गुआइडोद्वारा देश फर्किने घोषणा, प्रदर्शनमा उत्रिन नागरिकलाई आह्वान

एजेन्सी । भेनेजुएलाका विपक्षी नेता जुआन गुआइडोले देश फर्किने घोषणा गरेका छन् । साथै उनले भोलि देशभर प्रदर्शनमा उत्रिन भेनेजुयलाका नागरिकलाई आह्वान गरेका छन् । 

उनले ट्विटर गर्दै लेखेका छन्, ‘म भेनेजुएलाका नागरिकहरुलाई भोलि दिउँसो ११ बजे देशभर प्रदर्शनमा उत्रिन आह्वान गर्छु ।’

साथै भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति गुआइडोले राष्ट्रपति निकोलस मोडुरोलाई राजीनामाका लागि आग्रहसमेत गरेका छन् ।

आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेका गुआइडोलाई ५० भन्दा बढि देशहरुको समर्थन छ भने राष्ट्रपति मुडुरोसँग चीन, रसिया र क्युवा जस्ता देशहरुको समर्थन रहेको छ । 

मुडुरोले भने वैधानिक राष्ट्रपति आफू नै भएको भन्दै पद छोड्न मानेका छैनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?