काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द पुनः इन्डोनेसियन क्लब पर्सजा जकार्तामा अनुबन्धित भएका छन् ।
गत साता मात्र इन्डोनेसिया गएका चन्दले पुनः पर्सिजा जकार्ताबाटै खेल खेल्न लागेका हुन् । रोहितले क्लबसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको बताइएको छ ।
रोहित यो सिजनका लागि पर्सिजा जकार्तामा अनुबन्धितमा भएका हुन् । तर, उनको पारिश्रमिक करिब ८० प्रतिशतले वृद्धि भएको पनि जानकारी दिएको छ । गत सिजन पर्सिजा जकार्तालाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका खेलेका रोहित मोस्ट भ्यालुयवल प्लेयर तथा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसमेत बनेका थिए ।
रोहितको सन् २०१८ को डिसेम्बर अन्तिममा पर्सिजासँग सम्झौता सकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया