आइएमई पे बाट एसआईपी भुक्तानी सजिलै गर्न सकिने

लोकपथ
63
Shares

काठमाडौं । आइएमई पे मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इन्भेष्टमेन्ट प्ला (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन् ।

एसआईपी भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी एशिया क्यापिटल तथा कुमारी क्यापिटल सँग सम्झौता गरेको छ ।

सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरू ले एन आई सी एशिया क्यापिटलको एनआईसी एशिया डायनामिक डेबिट फण्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआईपी इन्सटलमेन्ट ट्यारिफ युनिट पर्चेजको भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो केही समय यता पुँजी बजारमा एस आई पी लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पे ले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पे का सीइओ प्रवीन रेग्मीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?