एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी प्रचारप्रसार अभियानका संयोजक पर्ल म्यानः फोर्टलाई जेल सजाय भएको छ ।
राष्ट्रपति ट्रम्पको चुनावी प्रचारप्रसारका क्रममा आर्थिक अनियमितता गरेको आरोपमा उनलाई भर्जिनियताको अदालतले ४७ महिनाको जेल सजाय सुनाएको बीबीसीले उल्लेख गरेको छ ।
चुनावी प्रचारप्रसारका क्रममा आय छली, बैंकिङ ठगी एवं धोकाधडी गरेको आरोप अभियानका संयोजक पर्ल म्यानः फोर्टमाथि लागाइएको छ ।
अमेरिकी न्यायिक विभागले २२ महिना लगाएर गरेको अनुसन्धानमा म्यानःफोर्टले लाखौं डलर हिनामिना गरेको तथ्य फेला पारेको थियो ।
सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेपका विषयमा अनुसन्धान गर्ने क्रममा उनी पनि अनुसन्धानको दायरामा तानिएका थिए ।
म्यानःफोर्ट आर्थिक अनियमिततामा दोषी ठहर भएसँगै राष्ट्रपतीय निर्वाचनका क्रममा रुसी संलग्नताको विषय पुनः सतहमा आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया