पुरुष भन्दा तेज थिइन् यी महिला त्यसैले रोकियो प्रतिस्पर्धा

—सिर्जना मिश्र
काठमाडौँ।  नेपालमा मात्रै नभएर विश्वमा नै महिलालाई पुरुषको तुलनामा कमजोर मानिन्छ । विशेषतः शारीरिक रुपमा वा बल प्रयोग हुने क्रियाकलापहरुमा ।

महिलाको क्षमतालाई आँकलन गर्न मात्र नभएर उनीहरुलाई अवसर दिने कुरामा पनि कन्जुस्याइँ गरेको घटनाहरु बग्रेल्ती छन् हाम्रो समाजमा । यसैलाई प्रमाणित गर्ने एउटा घटना भएको छ बेल्जियममा । जहाँ महिलाले पुरुषलाई जित्ने डरले रेसलाई केही समय रोकिएको छ ।

बेल्जीयममा आयोजित महिलाहरुकोे महत्वपूर्ण रेस केही समयको लागि रोकियो किनकी यहाँ निकोल हेनस्लमन पुरुष प्रतिस्पिर्धीहरुको निकै नजिक पुगेकी थिइन् । उतm रेस शनिवारको दिन ‘ओमपुल हेट न्युजब्लाद’ नामक एक संस्थाले आयोजना गरेको थियो ।

संस्थाका रेस मार्शलले निकोललाई ३५ किलोमिटर पार गरेपछि रोकिदिए । त्यतिवेला प्रतिस्पर्धामा उनी अन्य पुरुष प्रतिस्पर्धीहरुको नजिकै पुगिसकेकी थिइन् । निकोलको प्रस्तुतिले दर्शकलाई आश्चर्यचकित बनायो ।

रेसमा सहभागी हुने पुरुषलाई महिला भन्दा दश मिनेट अघि शुरु गराइएको थियो । यति हुदाँ हुदै पनि १ सय २३ किलोमिटर पार गरेर निकोल धेरै अगाडि निस्किइन् । 
जब निकोललाई रोकिएको थियो उनी महिला प्रतियोगीहरु भन्दा दुई मिनट अगाडि थिइन् । उनलाई भनियो, ‘केही समय पर्खिनु ताकि पुरुषको लागि भइरहेको यस रेसमा सहभागी भएका पुरुषहरु अगाडी जान सकुन् ।’

‘यो तपाईको लागि मौका कम गर्ने वाला कुरा हो’ । त्यसवेला आफूलाई यो वाक्य भनिएको कुरा उनले एक मिडियालाई बताएकी हुन् । ‘हामी देख्न सक्थ्यौँ कि अगाडि पुरुषको रेसमा सामेल हुने एम्वुलेन्स थियो’ उनले थपिन् ‘हामी पाँच सात मिनेट सम्म रोकियौँ त्यसैले गर्दा हाम्रो मौका कम भयो’ ।

यसपछि निकोललाई पुनः रेस शुरु गर्ने अनुमति त दिइयो तर उनले आफ्नो पुरानो गती कायम गर्न सकिनन् र ७४ स्थानमा चित्त बुझाउनु प-यो ।रेसमा पहिलो स्थान चन्ताल ब्लैकले पाए । निकोल भन्छिन् ‘हामी पुरुषको धेरै नजिक थियौं यसै कारण हामीलाई पुरुषसँग टाढा राख्नको लागि रोकियो ।’  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?