नेसनल युनाइटेडमा गोजु काइ कराँते प्रतियोगिता शुरु

काठमाडौं । हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलले आयोजना गरेको आठौं नेसनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराँते प्रतियोगिता शुरु भएको छ । 

गोजु–काइ कराँते प्रतियोगिताको यस श्रृंखला अन्तर्गत उपत्यकाका ३० वटा विद्यालय तथा डोजोका खेलाडीहरूले १९ स्वर्ण, १९ रजत तथा ३८ कास्य पदकका लागि प्रतिस्पर्धा गर्दैछन् ।

उक्त प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५० र ५५ केजी तथा खुल्ला एवम् महिलातर्फ २०, २५, ३०, ३५, ४०, ४५ र ५० केजी तथा खुल्ला समुहमा गरी २०० जना भन्दा बढी खेलाडीहरू सहभागी भएका छन् । 

फागुन २४ र २५ गते दुई दिन सञ्चालन हुने प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी एवं बृ्ढानीकण्ठ नगरपालिकाका नगर प्रमुख श्री उद्वव प्रसाद खरेल तथा कार्यक्रमका सभापति एवं नेपाल गोजु—काइ कराते महासंघका अध्यक्ष श्री अशुराज श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए । 

प्रतियोगिताको पहिलो दिन सम्पन्न स्पर्धाहरुमा जित हात पार्दै २० के।जी ब्वाइजतर्फ नेसनल युनाइटेड स्कुलका रिकोन राई तथा लुम्बिनी एकेडेमीका कृष्ण नेपाल खत्री फाइनल प्रवेश गर्न सफल भए भने अन्य स्पर्धाका बाँकी खेलहरु २५ गते शनिबार सुचारु रहने छन् । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी खरेलले कराते खेलको महत्वमाथी प्रकाश पार्दै खेलकुदको विकासको लागि हरेक विद्यालयले कम्तिमा एक खेललाई अघि बढाउनु पर्ने धारणा व्यक्त गरे भने नेसनल युनाइटेड स्कुलले गोजु-काइ कराँतेलाई ब्रान्डिङ गरी राष्ट्रको खेलकुद विकासमा टेवा पु-याएकोले धन्यवाद सहिद आगामी दिनको लागि शुभकामना प्रदान गरे । 

त्यसै गरी नेपाल गोजु—काइ कराँते महासंघका उपाध्यक्ष एव नेसनल युनाइटेड स्कुलका संस्थापक श्री जे।बी। हमालले शिक्षा र खेलकुदलाई संगसंगै अघि बढाउनुपर्ने कुरामा जोड दिनुहुँदै गोजु—काइ कराते संघ र नेसनल युनाइटेड स्कुलले आगामी दिनमा यस्ता खालका प्रतियोगिता मार्फत उत्कृष्ट खेलाडी उत्पादन गर्न कुनै कसर बाँकी नराख्ने कुरा जानकारी दिए । 

कार्यक्रमलाई नेपाल गोजु-काइ कराँते महासंघका उपाध्यक्ष अच्युतराज उप्रेती, प्याब्सन बृ्ढानीलण्ठ नगरकमिटीका अध्यक्ष खेमराज घिमिरे लगाएतले सम्बोधन गर्दै नेसनल युनाइटेड स्कुलले शिक्षा तथा खेलकुदका क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गर्नुका साथै उत्तरोत्तर प्रगतिको कामना गरे । 

प्रतियोगिताको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमसहित २५ गते शनिवार दिनको २ बजे समापन गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?