एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो र विपक्षी नेता हुवा गुवाईडोका समर्थकले राजधानी काराकसमा वृहत्त प्रदर्शन गरेका छन् ।
राष्ट्रपति निकोलस र विपक्षी नेता गुवाईडोका वृहत्त प्रदर्शनका कारण काराकस क्षेत्रमा ठूलो संख्यामा सुरक्षकर्मी परिचालन गरिएको छ ।
गत जनवरीमा आफूलाई राष्ट्रपति घोषणा गरेका नेता गुवाईडोका समर्थकले राष्ट्रपति मडुरोविरुद्ध चर्का नाराबाजी गरेका थिए भने ब्लाक आउट आन्दोलन गरिरहेका विपक्षी समर्थकमाथि प्रहरीले मरिचको धुलो प्रहार गरेको थियो ।
यसैगरी काराकसमा नै आयोजित वृहत्त सभामा आफ्ना समर्थकलाई सम्बोधन गर्दै राष्ट्रपति मडुरोले विपक्षले गरेको ‘कू’ को प्रयास असफल पार्न सहयोग गरेको भन्दै सेनाप्रति आभार व्यक्त गरे ।
राष्ट्रपति मडुरोले विपक्षी नेता गुवाईडो अमेरिकाको कठपुतली भएको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया