भारतीय सांसद लाम्बाले हटाइन् अपमानजनक ट्वीट, यसो भनेकी थिइन् नेपालीलाई

एजेन्सी । आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे गरेको ट्वीट हटाएकी छिन् ।

लम्बाले आज (मंगलवार) बिहान ट्वीटरमार्फत् नेपालीलाई ‘चौकीदार’ भन्दै अपमानजनक ट्वीट गरेकी थिइन् जुन अहिले उनले डिलीट गरेकी हुन्  । लाम्बाले नेपाल र नेपालीबारे दिएको विवादित अभिव्यक्तिका लागि माफी पनि मागेकी छिन् । 

उक्त ट्वीटपछि  अपमानजनक ट्वीट भन्दै उनको सामाजिक सञ्जालमा धेरै नै आलोचना भएको थियो ।  उनको ट्वीट धेरै नै रिट्वीट पनि गरिएका थिए जन अहिले लाम्बाको ट्वीटरमा छैन । 

भारतमा हुन गइरहेको चुनाव र प्रधानमन्त्री मोदीलाई ‘टार्गेट’ गरिएको उक्त ट्वीटमा उनले लेखेकी थिइन् , ‘प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।’

मोदीको यो अभिव्यक्तिलाई भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले मोदीप्रति लक्षित गर्दै ‘देशको चौकीदार चोर’ भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निरव मोदीलगायतका व्यापारीलाई भारतबाहिर भगाउन सहयोग गरेको भन्दै आलोचना भइरहेको छ । 

उनले फेरी आर्को ट्वीट गर्दै लेखेकी थिइन्, 'हाम्रो देशको प्रधानमन्त्री जबबाट आफूलाई चौकीदार भन्न शुरु गर्नु भएको छ त्यसपछि नेपालको मानिसहरुलाई यो शब्द गाली जस्तो लागेको छ । जब कि चौकीदार शब्दमा एउटा भरोसा र विश्वास लुकेर बसेको छ यसै पनि कसैले पनि कसैलाई पुरा भरोसा गरेर आनन्दले सुत्दैनन् ।'

उनले माफी माग्दै लेखेकी छिन्, ‘मेरो एउटा ट्वीटबाट नेपालीहरुलाई दुःख लागेको थाहा भएको छ । म यसका लागि छिमेकी देश नेपालका नागरिकसँग माफी चाहन्छु । मेरो उद्धेश्य कसैको मन दुखाउनु थिएन । मैले तपाईँहरुको भावनाको कदर गर्दै ट्वीट हटाएकी छु । गड ब्लेस इन्डिया–नेपाल फ्रेन्डसिप ।’

सांसद अल्काको ट्वीटमा आफ्नो प्रतिक्रया दिदै  पत्रकार समा थापाले आफ्नो फेसबुकमा लेखेकी छिन्,  भारतिय विधायिकाको यो भनाइले मन पोल्यो, के नेपालीको चिनारी चौकिदार मात्र हो ? संसारका हरेक कुनामा नेपालीले आफूलाई अब्बल साबित गरेका छन् , र फेरि चौकिदारीमा के खराबी छ ? तर नेपाली मात्र चौकिदार हुन् भन्ने भनाइ खेदजनक छ । सरकारले हाच्छिउ गर्दा उफ्रिने प्रतिपक्षी कहाँ गए ? नेताले सास फेरेमा हर्ष मनाउने जनता कहाँ गए होला ? सब चुप छन् त ।

लामो समय भारतीय कांग्रेसको विभिन्न पदमा रहेर राजनीतिमा सक्रिय रहेकी अल्का लाम्बा सन् २०१४ मा कांग्रेस परित्याग गरी आम आदमी पार्टीमा आवद्ध भइन् । सन् २०१५ मा भएको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीका तर्फबाट चाँदनी चोक सिटबाट निर्वाचित भएकी थिइन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?