एजेन्सी । म्यान्चेस्टर सिटी जारी ‘युइएफए’ च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलवार राति सम्पन्न भएको प्रि क्वाटरफाइनलको दोस्रो लेगको खेलमा म्यान्चेस्टर सिटीले साल्केलाई ७-० गोल अन्तरले पराजित ग-यो । समग्रमा सिटीले साल्केलाई १०-२ गोल अन्तरको जित निकाल्दै म्यान्चेस्टर सिटीले अन्तिम आठको स्थान तय गरेको हो ।
यसअघि सम्पन्न भएको पहिलो लेगको खेलमा भने म्यान्चेस्टर सिटीले साल्केलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो । खेलको ३५ औँ मिनेटमा सर्जियो अग्युरोले पेनाल्टीमार्फत पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
त्यस्तै उनले ३८ औँ मिनेटमा दोस्रो गोल गरे । ४२ औँ मिनेटमा लिरोय सानेले गोल गरे । खेलको पहिलो हाफसम्म ३-० गोल अन्तरको अग्रता लिएको सिटीका लागि ५६ औँ मिनेटमा रहिम स्टर्लिङले गोल गरे । खेलको ७१ औँ मिनेटमा बेर्नान्डो सिल्भा, ७८ औँ मिनेटमा फिल फेडोन र ८४ औँ मिनेटमा गाब्रियल जिससले समान एक-एक गोल गरे ।
त्यसपछि खेलमा थप गोल भएन र खेल सिटीले ७-० गोल अन्तरले जित्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया