एजेन्सी । विश्व नम्बर एक सर्बियाली नोभाक जोकोभिच जारी इन्डियन वेल्स टेनिसबाट बाहिरिएका छन् ।
बुधवार दिउँसो सम्पन्न भएको पुरुष एकलतर्फको तेस्रो चरणको खेलमा जोकोभिच जर्मनीका फिलीप कोहल्सहाइबेरसँग २-० को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।
जोकोभिच कोहल्सहाइबेरसँग ६-४ र ६-४ को सेटमा पराजित भए । यो सिजनको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका जोकोभिच खेलका दौरान निक्कै आक्रमक बन्दै र्याकेट समेत भाचेका थिए ।
जितपछि चौथो चरणमा प्रवेश गरेका कोहल्सहाइबेरले अब अघिल्लो चरणमा प्रवेशका लागि फ्रान्सेली गेइल मोन्फिल्सको सामना गर्नेछन् ।
यता बेलायती केइल एडमुण्डले राडु एल्बेटलाई ६-३ र ६-३ को सेटमा पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरे । त्यस्तै विश्व वरियताको दोस्रो स्थानमा रहेको स्पेनी राफेल नाडाल र सर्बियाका फिलीप क्राजीनोभिच पनि आ-आफ्नो खेलमा जीत हात पार्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया