बोइङ ७३७ म्याक्स: नेपालमा ‘नो इन्ट्री’

एजेन्सी । इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स  विमान दुर्घटनामा १५७ जनाको ज्यान गएपछि बोइङ ७३७ म्याक्स आफ्नो आकाशमा उडाउन भारतले प्रतिबन्ध लगाएको छ ।

५ महिना पनि नपुग्दै दुईवटा भयानक दुर्घटना झेलेको बोइङ ७३७ भारतीय आकाशमा उडाउन अनुमती रद्ध भएसँगै बोइङ ७३७ म्याक्स नेपाल आउने बाटो बन्द भएको हो । बोइङ ७३७ म्याक्सलाई १० वटा देश र एयरलाइन्सले प्रतिबन्ध लगाइसकेको छन् ।

सिंगापुरको नागरिक उड्डयन एजेन्सीले त्यहाँको आकाशमा बोइङ ७३७ म्याक्सको उडान रोकेको थियो । घटनापछि चीनले सोमवारै सुरक्षामा निश्चिन्त नभएसम्मका लागि बोइङ ७३७ म्याक्सको उडान रद्द गर्ने आदेश दिएको थियो ।

घटना घटेको भोलिपल्ट विश्वका ६ देशले प्रतिबन्ध लगाएको बोइङ ७३७ म्याक्सलाई भारतको नागर विमान मन्त्रालयले भारतीय हवाई क्षेत्रमा प्रवेश नदिने बताएको हो ।

आइतवार इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स जहाज इथियोपियाको राजधानी आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा विमानमा सवार १५७ जना यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो । सो दुर्घटनामा नेपाली चेली एकता अधिकारीको ज्यान गएको थियो ।

नेपालमा उडान गर्ने ३० विदेशी एयरलाइन्स मध्ये चाइना सदर्न एयरलाइन्स, मालिन्दो एयर, जेट एयरवेज, कतार एयरवेज, टर्किस एयरलाइन्स, सिल्क एयर र थाइ लायन एयरसित यो मोडलको विमान छ। यी मध्ये सिल्क एयरले मात्रै यो मोडलको विमान नेपाली आकाशमा उडाउँथ्यो।  एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?