महिला साफ च्याम्पियनसिपमा भारतको सहज जित, माल्दिभ्स भारी गोल अन्तरले पराजित

काठमाडौं । विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा भारतले सहज जित निकालेको छ । 

शहिद रंगशालामा बुधवार भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा भारतले माल्दिभ्सलाई ६-० गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको ८ मिनेटमा नै भारतले खेलमा अग्रता लियो ।

भारतका लागि गार्सिया डाङमेईले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाइन् । १३ औँ मिनेटमा स्वीटी देवीले गोल गरिन् । एक पक्षिय रहेको खेलको २३ औँ मिनेटमा इन्दुमती काथेरेसनले गोल गरिन् ।

२७ औँ मिनेटम सन्जुले गोल गर्दै टिमलाई ४-० को स्थितीमा पु-याइन् । खेलको पहिलो हाफ सकिनै लाग्दा रतन बाला देविले गोल गरिन् ।

खेलको पहिलो हाफसम्म माल्दिभ्सलाई पुरै दवावमा राखेको भारतले दोस्रो हाफमा भने एक मात्र गोल थप्यो । खेलको ८९ औँ मिनेटमा सन्जुले व्यक्तिगत दोस्रो तथा टिमका लागि छैटो गोल गरिन् । जितपछि भारतले सेमिफाइनलमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ ।

अब समूहको दोस्रो खेलमा भारतले श्रीलंकाको सामना गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?