फुरी र सूर्यको जित

काठमाडौं । काठमाडौंका फुरी शेर्पा र रामेछापका सूर्य तामाङले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा जित हात पारेका छन् ।

फुरीले सिन्धुपाल्चोकका समुन्द्र लामालाई ३–० तथा सूर्यले ललितपुरका निशेष महर्जनलाई ३–१ को फ्रेममा पराजित गरे ।

त्यस्तै काभ्रेका किरण लामाले काठमाडौंका दीपजल ढुंगानालाई ३–१, ओखलढुङगाका शिव थापा मगरले काठमाडौंका आइडेन गुरुङलाई ३–१, काठमाडौंका विकेश राईले काठमाडौंका आशिष शाक्यलाई ३–१, मोरङका विशाल निरौलाले काठमाडौंका सागर केसीलाई ३–०, काठमाडौंका सक्षम श्रेष्ठले पर्वतका मुकुन्द गिरीलाई ३–०, काठमाडौंका सविन तामाङले काठमाडौंका छोपेल शेर्पालाई ३–२, वीरगन्जका प्रकाश स्वर्णकारले ओखल्ढुंगाका कृष्ण पौडेललाई ३–० र इलामका आशिष गौतमले काभ्रेका राजन गुरुङलाई ३–० ले हराए ।

अन्य प्रतिस्पर्धामा काठमाडौंका प्रवीण शाक्यले काठमाडौंका सागर चित्रकारलाई ३–०, तनहुँका सुजन ज्वारचनले काठमाडौंका विजय महर्जनलाई ३–०, कास्कीका नवीन राणाले काठमाडौंका तेन्जिङ शेर्पालाई ३–२, काठमाडौंका विनयसिंह ठकुरीले काठमाडौंका सुमेश लामालाई ३–१, ललितपुरका सुरेश डंगोलले ललितपुरका प्रज्ज्वल कार्कीलाई ३–१, काठमाडौंका दोर्जे शेर्पाले रुपन्देहीका विरेन शाक्यलाई ३–०  ले हराए ।

त्यस्तै, काभ्रेका निर्माण बोगटीले काभ्रेका नितेशराज भण्डारीलाई ३–१, रुपन्देहीका सारङ राणाले काठमाडौंका सूर्यबहादुर सुनुवारलाई ३–१, काभ्रेका विक्रम तामाङले काठमाडौंका दीपु शाक्यलाई ३–२, ललितपुरका सन्दिप मगरले काठमाडौंका रामकाजी काफ्लेलाई ३–१, काठमाडौंका निश्चल तामाङले सुनसरीका विकास गुरुङलाई ३–१, काठमाडौंका श्याम खड्गीले सिन्धुपाल्चोकका छेङ्गा लामालाई ३–१ ले तथा तनहुँका अमिर श्रेष्ठले ललितपुरका निकेन महर्जनलाई ३–१ पराजित गरे । 

यता ललितपुरका तेन्जिङ शेर्पाले काठमाडौंका बविन प्रधानलाई ३–२, ललितपुरका सक्षम श्रेष्ठले ललितपुरका मन्डिद महर्जनलाई ३–१, काठमाडौंका लबु प्रजापतिले काठमाडौंका राजु उप्रेतीलाई ३–१, सिन्धुपाल्चोकका समुन्द्र लामाले मकवानपुरका प्रयास कर्माचार्यलाई ३–० र काठमाडौंका सुरेश डंगोलले ललितपुरका प्रज्ज्वल कार्कीलाई ३–१ ले पाखा लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?