इंग्लिस प्रिमियर लिग : वेस्टह्याम युनाइटेड र लेस्टर सिटी विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत वेस्टह्याम युनाइटेड विजयी भएको छ । 

शनिवार राति सम्पन्न भएको ३१ औँ चरणको खेलमा लिगको नवौं स्थानमा रहेको वेस्टह्यामले रेलिगेसन जोनमा रहेको हडर्सफिल्ड टाउनलाई ४-३ गोल अन्तरले पराजित ग-यो । वेस्टह्याम युनाइटेडको जितमा खेलको नवौं मिनेटमा नोब्लेले पेनाटीमार्फत तथा ७५ औँ मिनेटमा ओग्बोन्नाले समान एक-एक गोल गरेका थिए ।

खेलको ८४ औँ र खेलको इन्ज्युरी समयमा जाभियर हर्नान्डेजले दुई गोल गरे । यता हडर्सफिल्डका लागि बाकेमाले एक तथा ग्रान्टले दुई गोल गरे । 

जितपछि वेस्टह्यामले ४२ अंक बनाएको छ । हडर्सफिल्ड टाउन भने अन्तिम स्थानमा छ । 

त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा लिगको १० औँ स्थानमा रहेको लेस्टर सिटीले बर्नलेलाई २-१ गोल अन्तरले पराजित ग-यो । खेल शुरु भएको ४ मिनेटमा नै ह्यारी मगुइरे रातो कार्ड खादै मैदानबानट बाहिरिएपछि लेस्टर १० खेलाडीमा सिमित भएको थियो ।

त्यस्तै ३३ औँ मिनेटमा जेम्स म्याडिसनले तथा ९० औँ मिनेटमा मोर्गनले समान एक-एक गोल गरे । यता बर्नलेका लागि म्याकनेलले एक मात्र गोल फर्काएका थिए ।  जितपछि लेस्टरले ४१ अंक बनाएको छ । 

यता बर्नेमाउथ र न्युक्यासल युनाइटेडबीचको खेल भने दुई-दुई गोलको बराबरीमा सकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?