काठमाडौं । कुवेतविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल खेल्ने नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीलाई मंगलवार बिदाई गरिएको छ ।
कुवेतसँगको दुई मैत्रीपूर्ण खेलका लागि २४ सदस्यीय नेपाली टोली मंगलवारै कुवेत प्रस्थान गरेको हो । नेपालले यहि मार्च २१ र २६ तारिखमा कुवेतसँगको मैत्रीपूर्ण खेल खेल्दैछ । यसअघि नेपालले मलेसियासँग पनि मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम थियो । तर, मलेसियासँगको खेल स्थसगत भएपछि नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
मुख्य प्रशिक्षक योहान कालिनको नेतृत्वमा कुवेत प्रस्थान गरेको नेपाल िटिममा नयाँ खेलाडीहरुलाई मौका दिइएको छ ।
कुवेत प्रस्थान गर्ने खेलाडीहरुमा गोलरक्षक किरण चेम्जोङ, विकेट कुथु, विशाल श्रेष्ठ, डिफेन्डरमा रोहित चन्द, अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा, रञ्जित धिमाल, विराज महर्जन, सरोज दाहाल र देबेन्द्र तामाङ रहेका छन् ।
त्यस्तै मिडफिल्डरमा रवि पासवान, टंक बस्नेत , सन्तोष तामाङ , बिक्रम लामा, बिशाल राई , हेमन गुरुङ , सुजल श्रेष्ठ तथा फरवार्डमा रन्जन विष्ट , सुमन लामा , भरत खवास, विमल राना , नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् ।
खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना लगायतले एक कार्यक्रमका बीच बिदाई गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया