न्युजील्याण्डकी प्रधानमन्त्री आर्डेनले गरिन् हतियारमा रोक लगाउने घोषणा

एजेसी । न्युजील्याण्डकी प्रधानमन्त्री जाकिन्दा आर्डेनले हतियारहरुमा रोक लगाइने घोषणा गरेकी छन् ।

सैनिकले चलाउने खालका अर्ध स्वचालित हतियार, एसल्ट राइफल र उच्च क्षमताका म्याग्जीन्सहरुमा रोक लगाइने घोषणा गरेकी हुन् । 

गएको शुक्रबार क्राइस्ट चर्च क्षेत्रका दुई मश्जिदमा  एक व्यक्तिको गोली प्रहारबाट ५० जना मानिसको मृत्युभएपछि  प्रधानमन्त्रीले सो   घोषणा गरेकी हुन् । 

अर्ध स्वचालित हतियारहरु जुन शुक्रबारको आक्रमणमा प्रयोग भएका थिए त्यस्ता हतियार प्रयोगमा रोक लगाउने सम्बन्धी  कानुन तत्कालै ल्याइने समेत उनको भनाई छ ।  
उनले यस सम्बन्धी कानुन अप्रिल ११ सम्ममा आउने उल्लेख गर्दै अहिले बन्दुक बोक्ने जसले ती हतियार बुझाउन चाहन्छन् अहिलेबाटै बुझाउन आग्रह समेत गरेकी छन्  । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?