वसन्त ऋतुको शुरुवातको प्रतिक होली पर्व आज पनि नेपालको तराई–मधेश र छिमेकी मुलुक भारतमा मनाइँदै छ ।
होलीलाई प्रजनन, रंग, प्रेम, र दुष्टमाथि विजय हासिल गरेको अवसरको रुपमा हेरिन्छ ।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैँ आगोमा भष्म भएकी थिइन् र त्यही दिनदेखि होली पर्व शुरु भएको मानिन्छ ।
विशेषगरी होलीमा चार वटा रातो, नीलो, हरियो र पहेलो रंगको प्रयोग गरिन्छ । यी सबै रंगहरुलाई हिन्दू धर्ममा प्रतीकात्मक मानिन्छ। रातोले माया र प्रजननको प्रतिक हो । निलो दृष्टान्त, हरियोले जीवन र आनन्दको प्रतिनिधित्व गर्दछ भने पहेलोले ज्ञानलाई संकेत गर्छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत होलीको शुभकामना दिएका छन् ।
उनले लेखेका छन्, 'होलीको पवित्र अवसरमा सबै देशवासीहरुमा धेरै शुभकामना । हर्षोल्लासको यो पर्व ले हाम्रो एकता र सदभावनाको रंगलाई अझै गहिरो बनाओस ।'
त्यसैगरि भारतका राष्ट्रपति रामनाथ कोविन्दले पनि सामाजिक सञ्जाल ट्वीट् मार्फत भारत र विदेशमा रहेका सबै भारतीहरुलाई बधाई र शुभकामना दिएका छन् ।
तस्वीरमा हेर्नुहोस होलीको उत्सवः
तस्वीर सबै बीबीसी हिन्दीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया