काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी कप्तान निरु थापाले साफ च्याम्पियनसीपको उपाधि जित्न सक्ने दावी गरेकी छिन् ।
साथै उनले फाइनलमा खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै फाइनल हराउने रणनीति रहेको समेत बताइन् ।
‘हामीहरु अहिलेसम्मकै उत्कृष्ट खेल खेल्न तयार छौँ, फाइनल खेल हामी कुनै हातलमा पनि आफ्नो पक्षमा पाछौँ, हामीले यहि च्याम्पियनसीपका लागि निक्कै मेहेनत पनि गरेका छौँ, आशा गरौँ पक्कै पनि हामी भोली च्याम्पियन बन्नेछौँ’, उनले बताइन् ।
कप्तान थापाले प्रशिक्षक हरि खड्काको निर्देशनअनुसार नै खेल्ने पनि लोकपथलाई बताइन् ।
‘भारत हाम्रो लागि परिचित टिम पनि हो, भारतविरुद्ध उच्च मनोबलका साथ खेल खेल्नेछौँ, प्रशिक्षकले पनि हामीलाई हौसला दिइरहनु भइरहेको छ, हामील यसअघि ‘एएफसी’ महिला ओलम्पिक छनोट खेलमा बराबरी गरेको थियो’, उनले थपिन् ।
यसअघि भारतलाई हिरो कप फुटबलमा नेपालले भारतलाई पराजित गरेको थियो ।
‘भारतलाई हामीले हिरो कपमा पराजित गरिसकेका छौँ, भारतलाई दवावमा राख्दै जित निकाल्ने प्रयत्न पनि गर्नेछौँ, साथै उत्कृष्ट खेल खेल्ने टिम पनि बन्नेछ’, उनले बताए ।
त्यस्तै नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले पनि उपाधि जित्ने बताएका छन् ।
‘हामीले भारतसँग पछिल्लो समय दुई खेल खेलेका छौँ, नेपालले एक खेलमा बराबरी र एक खेलमा जितको नजिता निकालिसकेका छौँ, भोली हाम्रो दिन हो, पक्क साफ च्याम्पियन हामी बन्नेछौँ’, उनले बताए ।
साथै उनले नेपाली खेलाडीहरुको प्रर्दशनमा निक्कै सुधार आएको पनि लोकपथलाई जानकारी दिए । उनले भने, ‘भारतविरुद्धको खेलमा हामी आक्रमक खेल पनि खेल्नेछौँ ।’
नेपालले पछिल्लो समम सन् २०२० मा हुने ‘एएफसी महिला ओलम्पिक छनोटमा भारसँग एक-एक गोलको बराबरी खेलेको थियो । त्यस्तै हिरो कपमा भने नेपालले पहिलो पटक भारतलाई पराजित गरेको थियो ।
फाइनलमा खेलमा जहिल्यै तगारोको रुपमा रहेको भारतलाई हराउँदै नयाँ इतिहास बनाउने दाउमा नेपाल रहेको छ । नेपाल र भारत चौथो पटक साफ च्याम्पियनसिपको उपाधिका लागि भिड्न लागेको हो ।
तीन वटै संस्करणमा नेपाल भारतिय टिमसँग स्तब्ध हुँदै उपाधि जित्नबाट वञ्चित हुँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया