विराटनगर । पाँचौ संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतको सामना गरिरहेको छ ।
नेपाल र भारतबीचको फाइनल खेल शहिद रंगशालामा भइरहेको छ । भारतलाई पराजित गर्दै उपाधि जित्ने रणनीतिका साथ नेपालले उत्कृष्ट खेल प्रर्दशन गरिरहेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले भारतमाथि दवावलाई राख्दै खेल खेलिरहेको छ ।
१६ औँ मिनेटमा भारतिय खेलाडीले प्रहार गरेको बल नेपालका गोलरक्षक अञ्जली सुब्बाले उत्कृष्ट बचाउ गरिन् । त्यस्तै १९ औँ मिनेटमा नेपालका साबित्रा भण्डारी ‘साम्बा’ वान भर्सेस वानमा गोल गर्न चुकिन् । २३ औँ मिनेटमा पनि ‘साम्बा’ गोल गर्न असफल भइन् । उनको प्रहार भारतिय गोलरक्षक सहजै आफ्नो नियन्त्रणमा लिइन् ।
२६ औँ मिनेटमा भारतका डालिमा चिबेरले फ्रिकिकमार्फत गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाइन् । भारतले गोल गरेपनि निक्कै आक्रामक बनेको नेपालले खेलको ३३ औँ मिनेटमा बराबरी गोल फर्कायो । ‘साम्बा’ले हेडमार्फत गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउन सफल भइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया