साफ फुटबल फाइनल : पहिलो हाफसम्म नेपाल र भारत एक-एक गोलको बराबरीमा

विराटनगर । पाँचौ संस्करणको साफ महिला फुटबल अन्तर्गत नेपाल र भारतबीचको खेल जारी छ । 

विराटनगरस्थित शहिद रगंशालामा जारी भएको खेलको पहिलो हाफसम्म नेपाल र भारतले समान एक-एक गोल गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको शुरुवाती समयदेखि नै नेपालले निक्कै आक्रामक खेल खेलिरहेको छ । 

खेलको १६ औँ मिनेटमा भारतिय खेलाडीले प्रहार गरेको बल नेपालका गोलरक्षक अञ्जली सुब्बाले उत्कृष्ट बचाउ गरिन् । त्यस्तै १९ औँ मिनेटमा नेपालका साबित्रा भण्डारी ‘साम्बा’ वान भर्सेस वानमा गोल गर्न चुकिन् । २३ औँ मिनेटमा पनि ‘साम्बा’ गोल गर्न असफल भइन् । उनको प्रहार भारतिय गोलरक्षक सहजै आफ्नो नियन्त्रणमा लिइन् । 

२६ औँ मिनेटमा भारतका डालिमा चिबेरले फ्रिकिकमार्फत गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाइन् । भारतले गोल गरेपनि निक्कै आक्रामक बनेको नेपालले खेलको ३३ औँ मिनेटमा बराबरी गोल फर्कायो ।

‘साम्बा’ले हेडमार्फत गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउन सफल भइन् । त्यस्तै ४० औँ मिनेटमा साम्बा पुनः गोल गर्न चुकिन । पहिलो हाफ सकिनै लाग्दा साम्बाको प्रहार रिबाउन्ड भएको बलमा कप्तान निरु थापा गोल गर्न असफल भइन् । 

दोस्रो हाफको खेल केही बेरमा शुरु हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?