काठमाडौं । संयुक्त अरब इमिरेट्स ‘युएई’मा भएको स्पेसल ओलम्पिक समर वल्र्ड गेम्सका पदक विजेतासहितको नेपाली टोली शुक्रवार स्वदेश फर्किएको छ ।
मार्च १४ देखि २१ तारिखसम्म भएको फरक क्षमता भएका व्यक्तिको गेम्समा नेपालले एथलेटिक्स, बोसी र फुटसलमा सहभागिता जनाएको थियो । नेपालले एथलेटिक्समा १ स्वर्ण र २ कांस्य तथा बोसीमा १ रजत हात पा¥यो । ३ सपाङ र ५ फरक क्षमता भएका व्यक्तिको पुरुष फाइभ ए साइड युनिफाइड फुटसलमा नेपालले रजत जित्यो ।
एथलेटिक्सको पुरुष सटपुटमा अजय तामाङले स्वर्ण तथा सागर शेरचनले कास्य जिते । महिला लङजम्पमा एलिसा न्यौपानेले कांस्य जितिन् । महिला बोसीमा महिमा कोइरालले नेपाललाई रजत दिलाइन् ।
फुटसल टोलीमा अनिश कार्की, महेन्द्र कार्की, इश्वर लिम्बू, इसान श्रेष्ठ, धनबहादुर क्षेत्री, अदेश काफ्ले, अदित वज्राचार्य र क्षितिज बानियाँ थिए ।
गेम्समा १ सय ९० भन्दा बढी राष्ट्रको सहभागिता रहेको स्पेसल ओलम्पिक नेपालकी अध्यक्ष एवं टोली नेता डा. शिक्षिता श्रेष्ठले जनाएकी छन् । स्पेसल ओलम्पिकमा नेपालले पहिलो पटक स्वर्ण जितेको अध्यक्ष श्रेष्ठले जनाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया