रुसी सहरमा थप्पड हान्ने प्रतियोगिता

एजेन्सी । रुसी सहरमा हालै देशमै पहिलो पटक थप्पड हान्ने प्रतियोगिता आयोजना गरियो । 

यस खेलको लागि एक पटकमा दुई प्रतियोगीलाई सहभागी गराइएको थियो । एउटा सानो टेबलमा एक अर्काको मुखामुख गरेर बसेका उनीहरुले पालैपालो प्रतिद्वन्दीलाई झापड हान्ने नियम बनाइएको थियो ।  

थप्पड हान्ने क्रममा जसले विपक्षीलाई लडाउन सक्थ्यो, उ विजयी हुन्थ्यो । यो विवादास्पद कार्यक्रम रुसमा लोकप्रिय रहेको ‘साइबेरियन पावर शो’ (साइबेरियन शक्ति प्रदर्शनी)को क्रममा आयोजना गरिएको थियो । उक्त प्रदर्शनी मार्च १६ र १७ मा क्रस्क्नोयस्कमा आयोजना भएको थियो । 

यस्तौ खेल अघिल्लो वर्ष राजधानी मस्को पनि आयोजना गरिएको थियो । तर त्यसमा भने व्यवसायीक खेलाडिलाई रमाइलोको लागि कसले सबैभन्दा कसेर थप्पड हान्न सक्ने भन्दै खेलाइएको थियो ।
तर यस प्रतियोगितामा भने आयोजकले प्रदर्शनीमा आएका जो कोहीलाई आफूलाई बलियो प्रमाणित गर्न पाउने अवसर दिएका थिए । 

खेलमा सहभागी अधिकांश प्रदर्शनी हेर्न आएका आम मानिसहरु नै थिए । यसमा विजेताको लागि छुट्याइएको ३० हजार रुवलले पनि काम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?