विश्व स्कुल भलिबल खेल्ने खेलाडीसहितको टोलीलाई बिदाई

काठमाडौं । क्रोएसियामा आयोजना हुने विश्व स्कुल भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई बिदाई गरिएको छ । 

९ खेलाडीसहितको १५ जनाको टोलीलाई नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र मदन भण्डारी स्पोर्ट्स एकेडमीका अध्यक्ष विनोद श्रेष्ठ विदाई गरेका थिए । 

इन्टरनेशनल स्कुल अफ स्पोर्टस् फेडेरेसन ‘आइएसएफ’को आयोजनामा यहि शनिवारदेखि शुरु हुने यो प्रतियोगितामा नेपालबाट न्यू डाइमण्ड एकेडेमीले सहभागिता जनाउन लागेको हो । यो प्रतियोगितामा नेपालले पहिलो पटक भाग लिन लागेको हो ।

खेलाडीसहितको टोली यहि शुक्रवार त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ । 

यो प्रतियोगितामा नेपालसहित, चीन, क्रोएसिया, हंगेरी, म्यासेडोनिया,  नेदरल्यान्ड्स, बुल्गेरिया,  इस्टोनिया, चाईनिज ताइपे, चिली, फ्रान्स, स्पेन र युक्रेनको टिम सहभागि हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?