भारत युद्धको उन्मादबाट ग्रस्त छ : प्रधानमन्त्री इमरान खान

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत निर्वाचनको संघारमा रहेकाले केही गर्न सक्ने आशंका व्यक्त गरेका छन् । 

फाइन्यान्शल टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा खानले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘भारत युद्धको उन्मादबाट ग्रस्त भएको छ, भारत निर्वाचनको संघारमा छ, पुनः केही गर्न सक्छ ।’

गत महिना भारत प्रशासित कश्मीरको पुलवामामा भएको आत्मघाती आक्रमणलगायत भारत र पाकिस्तानबीच बढ्दो तनावमाझ वार्ताका लागि आहृवान गरेको भएपनि भारतका गतिविधि युद्ध उन्मुख मात्रै देखिएको र केही गर्न सक्ने आशंका पैदा भएको खानको भनाइ छ । 

खानले भने, ‘भारतमा निर्वाचन सम्पन्न नहुन्जेल आफू चिन्तित हुनुपर्ने छ ।’ 

गत फेब्रुअरीमा  भारतको पुलवामामा भएको आक्रमणमा ४० जना भारतीय सेनाको ज्यान गएको थियो ।

प्रधानमन्त्री खानले पाकिस्तानमा विभिन्न आतंककारी संगठनविरुद्ध कारबाही अघि बढाएका छन् । उनले नयाँ पाकिस्तानमा आतंकवादलाई कुनै स्थान नभएको बताउँदै भारतसँग पनि आफूले युद्ध नभई वार्ता गर्न चाहेको बताए । 

खानले पटकपटक भारतलाई वार्ताका लागि समेत आहृवान गर्दै आएका छन् । तर, भारतले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै आएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?