कराँते खेलाडी सुमन जर्मनी प्रस्थान

काठमाडौं । नेपालका सुमन तिम्सिनाले अराजावा कप अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप खेल्ने भएका छन् । 

उक्त प्रतियोगिता खेल्न उनी आज ‘बिहीवार जर्मनीको ब्रान्डवर्ग प्रस्थान गरेका छन् । 

यहि मार्च ३० र ३१ तारिखमा हुने प्रतियोगितामा सुमनले सिनियर पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नेछन् । सुमनले सन् २०११ मा बंगलादेशमा भएको एशियाली कन्टिनेन्टल कराँते तथा श्रीलंकाको कोलम्बोमा भएको प्रथम अन्तर्राष्ट्रिय खुल्ला कराँतेमा स्वर्ण पदक जितेका थिए ।

सुमनले २०१७ मा मलेसियाको क्वालालम्पुरमा भएको एशियाली गोजुरियो प्यासिफिक कराँतेमा कास्य पदक हात पारेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?