एजेन्सी । रोमानियाको सिमोना हालेप जारी मायामी ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
बुधवार राति सम्पन्न भएको महिला एकलतर्फको क्वाटरफाइनल खेलमा उनले डिफेन्डिङ च्याम्पियन चिनकी वाङग कियाङगलाई २-० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गर्न सफल भएकी हुन् ।
हालेपले कियाङगलाई ६-४ र ७-५ को सेटमा पराजित गरेकी थिइन् ।
त्यस्तै बुधवार राति नै भएको अर्को खेलमा चेक रिपब्लिककी पेट्रा किभिटोभा अस्ट्रेलियाकी आस्ली बार्टीसँग २-१ को प्रतिस्पर्धात्मक सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छिन् ।
खेलको पहिलो र अन्तिम सेटमा जीत हात पारेकी बार्टी दोस्रो सेटमा भने किभिटोभासँग पराजित भएकी थिइन् । बार्टीले पहिलो सेट ७-६ र अन्तिम सेट ६-२ ले जितेकी थिइन् ।
दोस्रो सेट भने ६-३ ले गुमाएकी थिइन् । यता बुधवार राति नै भएको अर्को क्वाटरफाइनलमा खेलमा चेक रिपब्लिककी क्यारोलिना पिल्कोभाले आफ्ने देशकी मार्केटा भोन्ड्रौसोभालाई ६-३ र ६-४ को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया